Bisal Chautari Logo

लक्ष्मी र जीवनको ‘को छ र मेरो भन्ने’ म्युजीक भिडियो सार्वजनिक

- २८ जेष्ठ २०७९, शनिबार २०:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ २८, शनिवार ।
नेपाली चलचित्र तथा म्युजीक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । ‘को छर मेरो भन्ने’ बोलको गीतमा लक्ष्मी र जीवनको माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ ।
गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् । भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिएका छन् । उनीहरुले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राखे । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।

प्रतिक्रिया