Bisal Chautari Logo

‘ट्वेल्भ इयर इन स्लेभ’ बन्यो ८६औ ओस्कार उत्कृष्ट चलचित्र

- १९ फाल्गुन २०७०, सोमबार १३:०५ मा प्रकाशित


एजेन्सी
लस एन्जलस, १९ फागुन ।
सन् २०१३ को ओस्कर अवार्ड ‘ट्वेल्भ इयर्स अ स्लेभ चलचित्रले पाएको छ । अमेरिकाको लस एन्जलसस्थित डबली थिएटरमा आयोजना भएको अवार्ड समारोहमा अभिनेता ब्राड पिटद्धारा निमिर्त ऐतिहासिक ड्रामा टुवेल इयर इन स्लेभले ८६ औं एकाडेमी अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो ।
त्यस्तै ६ वटा प्राविधिक विधासहित सर्वोत्कृष्ट निर्देशकमा कब्जा जमाउँदै स्पेस ड्रामा ग्राभिटीले ७ अवार्ड जित्दै यसपटक आफ्नो वर्चश्व कायम गरेको छ । ग्राभिटीका अल्फोन्सो कुवारोनले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्दै यो विधामा उपाधि जित्ने पहिलो ल्याटिनो निर्देशक बने । चलचित्रले अन्य अवार्ड प्राविधिक विधामा जित्न सफल रह्यो । त्यस्तै केट ब्लान्चेटले वुडी एलेनको ब्लु ज्यास्मिनमा गरेको अभिनय वापत उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । म्याथ्यु म्याकोग्नीले डालास बायर्स क्लबका लागि उत्कृष्ट अभिनेता हात पार्न सफल भए । त्यस्तै लुपटा न्योङओले टुवेल इयर इन स्लेभका लागि उत्कृष्ट सह अभिनेत्रीको अवार्ड जितिन् भने यसमा ज्यारेड लेटोले डालास बायर्स क्लबका लागि उत्कृष्ट सहअभिनेताको अवार्ड हात पारे ।
८६ औं एकाडेमी अवार्डका विजेताहरु
उत्कृष्ट चलचित्र : टुवेल इयर इन स्लेभ
उत्कृष्ट अभिनेता : म्याथ्यु म्याकोग्नी
उत्कृष्ट अभिनेत्री : केट ब्लान्चेट

उत्कृष्ट निर्देशक : अल्फोन्सो कुवारोन
उत्कृष्ट सहअभिनेता : ज्यारेड लेटो
उत्कृष्ट सहअभिनेत्री : लुपिटा न्योङओ
उत्कृष्ट कस्ट्युम डिजाइन: द ग्रेट ग्याट्स बी
उत्कृष्ट मेकअप र हेयरस्टाइल : डालास बायर्स क्लब
उत्कृष्ट लघु चलचित्र (एनिमेटेड) : मिस्टर हब्लोट
उत्कृष्ट एनिमेटेड चलचित्र : फ्रोजन
उत्कृष्ट लघु चलचित्र (लाइभ एक्सन) : हिलियम
उत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट : द लेडी इन नम्बर सिक्स : म्युजिक सेभ्ड माई लाइफ
उत्कृष्ट डकुमेन्ट्री फिचर : २० फिट फ्रम स्टारडम
उत्कृष्ट विदेशी भाषको चलचित्र : द ग्रेट ब्युटी
उत्कृष्ट साउण्ड मिक्सिङ: ग्राभिटी
उत्कृष्ट साउण्ड इडिटिङ: ग्राभिटी
उत्कृष्ट मिनेमेटोग्राफी: ग्राभिटी
उत्कृष्ट चलचित्र इटिटिङ: ग्राभिटी
उत्कृष्ट प्रोडक्सन डिजाइन: द ग्रेट ग्याट्स बी
उत्कृष्ट एडाप्टेड स्क्रीनप्ले : जोन राइड्ली, टुवेल इयर इन स्लेभ
उत्कृष्ट ओरिजिनल स्क्रीनप्ले : स्पाइक जोन, हर
उत्कृष्ट गीत : लेट इट गो, फ्रोजन
उत्कृष्ट ओरिजनल स्कोर: ग्राभिटी





add

प्रतिक्रिया