Bisal Chautari Logo

पूजा र आकाशको ‘सम्झना बिर्सना’ असार ३१ बाट रिलिज हुने

- २२ जेष्ठ २०७९, आईतवार १२:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ २२, आइतवार ।
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टार चलचित्र ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । जेठ ६ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको भएपनि स्थानीय तहको निर्वाचनका कारण सिनेमाको प्रदर्शन पोस्टपोन्ड गरिएको थियो । निर्माण टिमले दुई रोमान्टिक पोस्टर सार्वजनिक गर्दै आगामी असार ३१ गतेलाई नया प्रदर्शन मिति घोषणा गरेको हो ।

निमेष प्रधानले निर्देशन गरेको फिल्ममा पूजा र आकाशका अलावा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको अभिनय छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरुमा फिल्मको छायांकन भएको हो ।
शिब ढकालले खिचेको फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्वर्गीय बिशारद बस्नेत हुन् । पूजाभन्दा आकाशका लागि ‘सम्झना बिर्सना’ सफल हुन अत्यन्त आवश्यक छ । पछिल्ला कुनै फिल्म सफल नहुँदा उनको करिअर धरमराउन थालेको छ ।

प्रतिक्रिया