Bisal Chautari Logo

‘प्रेमगीत ३’ भारतमा ‘विश्वजीतम्’ नाममा प्रदर्शन हुने, विश्वभरी ८००–१००० स्क्रीनमा प्रदर्शनको योजना–सन्तोष

- २१ जेष्ठ २०७९, शनिबार २२:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ २१, शनिवार ।
विश्व सिनेमा बजारका चलचित्रहरु नेपालमा धेरै चलिरहेका छन्, र रेकर्डब्रेक ब्यापारपनि नेपालमा गरेका छ । तर हाम्रो नेपाली चलचित्रहरु बिदेशी भुमिमा, बिदेशी भाषामै डब भएर प्रर्दशन भने भएको थिएन । तर पहिलो चोटी नेपाली चलचित्र ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम्’ नामबाट प्रदर्शन हुने भएको छ । फिल्मको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्मस्ले जानकारी दिएको छ ।

निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिए । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन हुन लागेको हो । फिल्मलाई भारत र नेपालमा एउटै मितिमा प्रदर्शन गर्ने जानकारी निमाण टिमले दिएका छन् । नेपालमा असोज ७ गते दशैं छेकोमा प्रदर्शन हुँदैछ भने सोही मितिमा भारतमा समेत प्रदर्शन हुनेछ ।
सन्तोले फेसबकमा लेखेका छन्, ‘यो चलचित्र हिन्दी बेल्टमा विश्वभरी ८०० देखी १००० स्क्रीनमा प्रदर्शन गर्ने योजना रहेको छ । अरु दर्शक भन्दिन हिन्दी चलचित्र मन पराउने देश बिदेशमा रहेको नेपाली दर्शक मात्र पुरा साथ दिएको खण्डमा नेपाली दर्शक को मन जितेका मेकरलाई अन्तराष्ट्रिय प्लेटफर्ममा स्वागत हुनेमा विश्वास लिएको छु’
सेनले चाँडै ‘विश्वजीतम्’ नामसहितको पोस्टर र भारतका लागि प्रदर्शन मिति घोषणा गरिने जानकारी पनि दिएका छन् । नेपालमा भने ‘प्रेमगीत ३’ आगामी असोज ७ गते प्रदर्शनमा आउँदैछ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=tMiW_JCA0sE&t=4s

प्रतिक्रिया