Bisal Chautari Logo

मनिषले ‘शमशेर’बाट निर्देशनमा डेव्यु गर्दै || कलाकरमा सुनिल थापा पनि थपिए

- २० जेष्ठ २०७९, शुक्रबार १९:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ २०, शुक्रवार
। छायांकनको तयारीमा रहेको चलचित्र ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । चलचित्रको मुख्य भुमिकामा अभिनय समेत उनले गर्दैछन् । यस्तै चलचित्रको कलाकारमा अभिनेता सुनिल थापा पनि थपिएका छन् ।
ओस्कार कलेजबाट चलचित्र निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् । हाल चलचित्रको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् ।
अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । चलचित्रमा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।
चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।

प्रतिक्रिया