Bisal Chautari Logo

रेड कार्पेटमा आँचल र विवेक || मिलनको ‘वर एण्ड वधु’को घोषणा कार्यक्रम प्रिमियर जस्तो

- ११ जेष्ठ २०७९, बुधबार २१:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ ११, बुधवार
। सफल्ता अनी चर्चामा रहिरहने निर्देशन मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रको घोषणापनि कुनै अवार्ड समारोह वा फिल्मको प्रिमियर जस्तो ।
निर्देशक मिलन आफ्नो चलचित्रको घोषण सभामा होस् या प्रिमियरमा केही न केही नयाँ तरिका अपनाउने गर्छन् । यसैले, पनि उनले आयोजना गर्ने कार्यक्रमहरु भव्य हुने गर्छन् । उनै, मिलनले आज आफ्नो नयाँ चलचित्र ‘वर एण्ड वधु’को घोषणा कार्यक्रम बिशेष बनाएका हुन् । ३ सातापछि यो चलचित्रको छायांकन रोमानियाबाट सुरु हुनेछ । नेपाल, इटाली र फ्रान्समा पनि यो चलचित्र खिचिनेछ ।

तस्बिर : अनोज राई

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य शिर्ष भूमिकामा देखिदैछन् । उनीहरुको साथमा चलचित्रका विजय लामा, रमेश वुढाथोकी, रविन्द्र खड्का, वुद्दि तामाङ, किरण केसी, हिमेष पन्त, श्रृष्टी खड्का, राजकुमार शाह, रविना केसी, मनोज केसी, ध्रुव दत्त, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा कथा,पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । यस्तै, चलचित्रमा सुदिप बरालको छायांकन, कविराज गहतराज र सुसी वाइवाको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहनेछ ।
कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले यो चलचित्रसँग जोडिन पाउँदा आफूले भाग्यमानी ठानेको बताइन् । यस्तै, नव–नायक विवेकले चलचित्रका लागि आफूले मिहिनेत गरेको र दर्शकले चलचित्रमा त्यसको नजिता पनि देख्ने बताए ।
निर्देशक मिलन चाम्सले आफूले सधै नै चलचित्र क्षेत्रको बिषयमा मात्र सोच्ने गरेको बताए । कमेडी र लभस्टोरी कथामा बन्ने यो चलचित्रलाई पनि दर्शकले रुचाउनको उनको विश्वास छ ।

प्रतिक्रिया