Bisal Chautari Logo

‘प्रेमगीत ३’ दशैंमा रिलिज || असोज ७ प्रदर्शन मिति घोषणा

- ८ जेष्ठ २०७९, आईतवार २१:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ ८, आइतवार ।
बहु प्रतीक्षित मल्टिस्टर चलचित्र ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् । सन्तोषले लेखेका छन् ‘समय संगको धैर्यता टिमको अजम्बरी काम् प्रतिको मेहनत प्रतिफल हजुरहरु माझ् यो बडा दशैमा पोख्ने निधो गरेका छौ हजुरहरु सबै सबैको सकारत्मक साथ् र सपोर्टको अपेक्क्षा राखेका छौ..‘प्रेम गीत ३’ । असोज ७ देखी यो बडा दशै मनोरंजन को दब्दबा ।।

निर्माणको सुरुवाती समयदेखी नै दर्शकको अत्याधिक पर्खाइमा रहेको यो चलचित्र दशैं छेकोमा रिलिज हुने भएपछि दर्शकको पर्खाइको घडी छोटिएको छ । कोरोना महामारीका कारण पटकपटक प्रदर्शन मिति धकेलिएको चलचित्र ‘प्रेमगीत ३’लाई सन्तोषसंगै स्व. छेतेन गुरुङले निर्देशन गरेका हुन् । ‘प्रेमगीत ३’ को यही मितिमै अर्को चर्चित सिक्वेल चलचित्र ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारीको चर्चा निकै अगाडीदेखी छ । तर ‘प्रेमगीत ३’ले औपचारिक रुपमै रिलिज तय गरेपछि ‘छक्कापञ्जा ४’ टिमले के गर्नेछ भन्ने कौतुहलता भने थपिएको छ ।

मल्टिस्टर चलचित्र ‘प्रेमगीत ३’मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ । यो फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको पनि अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

https://youtu.be/tMiW_JCA0sE

प्रतिक्रिया