Bisal Chautari Logo

चलचित्र पत्रकार संघ नेपालले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

- २४ बैशाख २०७९, शनिबार २०:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ बैशाख २४ शनिवार
। चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार एकै साथ दिने निर्णय सहित घोषणा गरेको हो ।


दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा क्रमश वर्ष २०७७ को चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही २५ हजार राखिएको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रीना मोक्तानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।


त्यस्तै वर्ष २०७८ को चलचित्र पत्रकारिता सम्मानबाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि जनही ५१ हजार रहेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मनोज न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट कास्कीका रेम विकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै वर्ष २०७९ को चलचित्र पत्रकारिता सम्मानबाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गर्ने निर्णय गरिएको छ । यसै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइलीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यसवर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय संघले गरेको छ ।


चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३ औं वार्षिक उत्सव मनाउने भएको छ । तर सोही अवसरमा प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्को मितिमा मात्र गर्ने जनाएको छ ।

प्रतिक्रिया