Bisal Chautari Logo

पूजा र आकाशको फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज

- ६ बैशाख २०७९, मंगलवार २३:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ बैशाख ६, मंगलवार ।
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स र सस्पेन्स मिश्रण गरिएको छ ।

निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको समेत अभिनय छ ।
दार्जिलिङ, सिलगुडी र सिक्किमका पर्यटकीय थलोमा खिचिएको फिल्मको पटकथा निर्देशक प्रधानले लेखेका हुन् भने संवाद लेखनमा शिशिर राणाले सघाएका छन् ।
आदित्य फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । गीतमा राजन ईशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।
ट्रेलर हेर्नुहोस् :

प्रतिक्रिया