विशाल चौतारी समाचार
काठमाडौं, २० फागुन ।‘मुर्चुङगामा रोए म, सारांगीमा रेटिए
खोजि हिडे आफैंलाई आशुभित्र भिटिए ।’लागायतका डेढ दर्जन कर्णप्रिय गीतहरू अब साझको समयमा सुन्न पाइने भएको छ, त्यो पनि स्वयम गायकको अगाडी बसेर । प्रसंग हो, फागुन २४ गते राष्ट्रिय नााचघरमा गायक श्याम सामसोङ एकल सााझ हुने भएको छ । साथै उक्त सााझमा उनीद्वारा निर्देशित बृत्तचित्र समेत प्रर्दशन गरिने भएको छ ।
भारतीय राजदूताबासबाट छात्रबृत्तिमा एमक्युज गरिसकेका सामसोङले आधुनिक, रक, पप, लोकगीत आदि सबै खालका गीत गाइसकेका छन् ।
एल्वम मुर्चुङगा पछि उनले साइमा एल्वम समेत बजारमा आइसकेको छ । एक दशकदेखि साागीतिक क्षेत्रमा क्रियाशील रहदै आएका गायकलाई उक्त एकल सााझमा क्रेमेटिक व्याण्डले उनलाई साथ दिने भइको छ । ई एण्ड डब्लु म्युजिक प्रा.लि.ले आयोजना गरेको उक्त एकल साझमा उनले डेढ दर्जन गीत पस्नेछन् ।
उक्त कार्यक्रममा गायक स्वयम्ले निर्देशन गरेको ‘पिखुवा’ नामक बृतचित्रको पनि विषेश प्रदर्शन गरिने छ । भोजपुर जिल्लालाई दुई भागमा चिरेर बग्ने पिखुवा खोलाको स्थलगत भ्रमण गरि पिखुवा खोलाको शिर मैयुमदेखि अरुण नदीमा समाहित हुदा सम्मका सुन्दर दृश्य समेतिएको छ । उक्त बृतचित्रमा वर्तमान भौगोलिक अवस्था र पिखुवा जलधारसँग भोजपुर र भोजपुरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धहरूलाई उजागर गरिएको छ ।
प्रतिक्रिया