विशाल चौतारी समाचार
काठमाडौं, २०७७ जेठ १४, शुक्रवार । नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले धेरै कलाकर्मी संक्रमित भएका छन् । यस्तैमा बरिष्ठ गायक दिप श्रेष्ठलाई पनि कोरोना भाइरस कोविड देखिएको छ । दिप श्रेष्ठको अहिले हाम्स हस्पिटलमा उपचार भैरहेको छ ।
द भ्वाईस अप नेपाल अफिसियल फेसबुक पेज मार्फत बरिष्ठ गायक दिपलाई शिघ्र स्वस्थलाभ को कामना गर्दै एक स्टाटस पोष्ट गरेका छन् ।
लेखिएको छ,
महागुरु कोच दिपलाई शिघ्र स्वस्थलाभ को कामना!
स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनु भएका महागुरु हाम्रा कोच दिप श्रेष्ठलाई कोविड देखिए पछि वहाँ अहिले यो रोग सङ जुधी रहनुभको छ। सधै हामीलाई आत्मबल दिने संगीतका जिवत धरोहरलाई कोविड सङ जुध्न सामान्य नै हुनेछ भन्ने मा हामीलाई बिश्वास छ। वहाँ को उपचार मा अहिले सम्म खटिनु भएको चिकित्सक तथा नर्सलाई पनि धेरै धेरै धन्यवाद।साथै अहिले उपचार भैरहेको हाम्स होस्पिट्ल का सम्पुर्ण सहयोगि हातहरु लाई पनि धेरै धेरै धन्यवाद । #get_well_soon_coach_deep
केही दिन अगाडी मात्र द भ्वाइस अफ नेपालकै अर्का कोच चर्चित गायक प्रमोद खरेललाई पनि दोस्रो चोटी कोभिड देखिएको थियो । गायक प्रमोद भने अहिले कोरोना संक्रमण मुक्त भइसकेका छन् ।
प्रतिक्रिया