Bisal Chautari Logo

बबिना किराँतीको गीत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा (भिडियाेहसित)

- १२ चैत्र २०७७, बिहीबार ११:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ चैत्र १२, बिहिवार । अहिलेका चर्चित तथा साहासिक गायिका बबिना किराँतीको स्वर रहेको गोक्यो रि नामक गीतले विश्व कीर्तिमानको मान्यता पाएको छ। लोक पुर्वेली मारुनी भाका गीतलाई आफ्नै पन दिएर” चरी भए भुरुरु जान्थेँ उडेर” गाएर एकाएक चर्चामा आएका किराँतीले अन्य थुप्रै चर्चित गितमा स्वर दिएका छ। दिनहु स्टुडियो र रेकर्डिङमा ब्यस्त किराँती को गीतले विश्व कीर्तिमान गरेपछी झन चर्चा चुलिएको हो । नचुलिओस पनि कसरी अहिलेसम्म कसैले यो क्षेत्रमा गर्न नसकेको काम उनले सफल रुपमा समपन्न गरिन।
झट्ट सुन्दा असम्भव लाग्ने विश्व मै पहिलो पटक ४८१३ मिटरको उचाईमा लाईभ बाजा सहित लाईभ गाएर गोक्यो री नामक गीत रेकर्ड गरिन। गीत मात्र हैन उक्त गितको म्युजिक भिडियो पनि सोहि ठाउमा छायांकन गरि अभिनय समेत गरिन। बिदेशी पर्यटक घुम्न बाहेक हत्तपत्त त्यस क्षेत्रमा नेपालीहरु पुग्दैनन गीत रेकर्ड गर्न त झन कल्पना भन्दा बाहिरको कुरा थियो तर उनले सफल पारिन। गिनिज बुकमा नाम लेखी विश्व कीर्तिमान राख्ने उदेश्यले पाँच जना निर्माता टोलिले उक्त गीतको निर्माण गरेका हुन। किराँती अन्य कलाकार र टोलि सहित गत कार्तिक १७ गते पर्यटन क्षेत्रको उद्गम थलो ग्योक्यो प्रस्थान गरेकी थिईन।
उक्त गोक्यो रि गीतको गीतकार मिलन किराँती, संगित बिक्रम राई, संगित संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन। म्युजिक भिडियो दुर्लभ जन्तरे ( बुद्धि राज राई ) को निर्देशन, गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ भने म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् । दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भुमिका खेलेका थिए। त्यस्तै लाईभ बद्यबादनमा बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।
गोक्यी री गित नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, लक्ष्मण कार्की, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, संचारकर्मी तथा सिनेमाटोग्राफर राजन खरेल, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।
निर्माता समेत रहेका सन्च बहादुर राई, पावल राई, लक्ष्मण कार्की सोलुखुम्बुका हुन भने पुष्कर नेपाल सिन्धुपाल्चोक र राजन खरेल काभ्रेका हुन। गिनिजले पाँच जना निर्माता टोलिलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ। भने बाकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ। अब केही समय पश्चात औपचारिक कार्यक्रम बिच विश्व कीर्तिमानको प्रमाणपत्र प्राप्त हुने निर्माता सन्च बहादुर राईले जानकारी दिए।

प्रतिक्रिया