Bisal Chautari Logo

सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत आउदै

- ११ चैत्र २०७७, बुधबार ०९:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ चैत्र ११, बुधवार । म्युजिक भिडियो किङ चकलेटी अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा, पछिल्लो समयका चर्चित मोडल गरिमा शर्मा र गुरास ढकाल फिचर्ड म्युजिक भिडियो ‘तामा पित्तल’ भोली अर्थात चैत १२ गते रिलिज हुदैछ । यो गीत डिसिरिज युट्युव च्यानलबाट रिलिज हुदैछ ।
रिलिज हुन लागेको गीतमा गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको शब्द, संगीत र स्वर रहेको छ । यस गीतमा सम्राटसंगै गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । सम्राटको पछिल्लो समय ब्यास्तता निकै बढेको छ । २ हप्ता अगाडी मात्र रिलिज भएको ‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि ‘तामा पित्तल’ गीत आउन लागेको हो ।
यस भिडियोको बारेमा बोल्दै अभिनेता पलले गीत राम्रो भएका कारण भिडियोमा जोडीएको बताए । केही फरक प्रस्तुती यस गीतको भिडियोमा देख्न सकिने दुर्गेशले बताए ।


चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको म्युजिक भिडियोमा पल, दुर्गेश, गरिमा, गुराससंगै बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहनेछ । यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो ।

प्रतिक्रिया