Bisal Chautari Logo

अनिल लामाको ‘शैलुङ्गे मेला’मा गीत सार्वजनिक || राजु लामा र एलिशा राईको बिछोड प्रेमकाहानी (भिडियो सहित)

- १६ फाल्गुन २०७७, आईतवार १२:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ फागुन १६ आइतवार । नेपाली गीत संगीत क्षेत्रमा तामाङ सेलोको आफ्नो छुट्टै पहिचान छ । बिशेषतः तामाङ सेलोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ बोलको गीत सार्बजनिक भएको छ ।

चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हर्टका गायक राजु लामाको आवाजमा तथा अनिल लामाको शब्द, संगीतमा बनेको गीतमा फणीन्द्र राईको संगीत संयोजन रहेको छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् । यस गीतलाई शनिबार राजधानीको महाराजगञ्ज स्थित रोयल पार्टी भेन्यूमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व सांसद तिर्थ लामा प्रमुख अतिथिका रूपमा थिए भने विशेष अतिथिका रूपमा यस गीतकै गायक राजु लामा रहेका थिए । गायक संगीतकार विश्व दोङ, सुसन लामा, टीका बम्जन लगायतका थुप्रै कलाकार अनि पत्रकारहरु कार्यक्रममा उपस्थित थिए ।

भिडियो हेर्नुहोस् :-

सोनाम पाख्रीनको निदेशनमा बनेको म्युजिक भिडियोमा स्वयम गायक राजु लामा र चर्चित मोडल एलिशा राई फिचर्ड छन् । शैलुङ लगायतका आसपासमा छायांकन गरिएको म्युजिक भिडियोमा एक जोडीको बिछोड प्रेमकाहानी प्रस्तुत गरिएको छ । राजु र एलिशाको साथमा साजन मोक्तानको पनि अभिनय रहेको छ । यस भिडियोलाई पवन सुस्लिङ्ले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया