Bisal Chautari Logo

गजितलाई आशिस्माको कोककोला फिगर कायम नहुने पिर

- २० फाल्गुन २०७०, मंगलवार १६:२६ मा प्रकाशित


प्रसंग जोडी चर्चा
gajit-bista-and-ashishma-nakarmi
गजितलाई लागेको आशिस्माको नकारात्क ५ पक्ष
विशाल राई
पछिल्लो समयमा अभिनेत्र गजित विष्ट र अभिनेत्री आशिस्मा नकर्मिको जोडीले नेपाली चलचित्र क्षेत्रमा हंगामा नै मच्चाएको छ । प्रर्दशनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’ मा एकसाथ देखिएका गजित र आशिस्मा खुलेरै चलचित्र प्रचार–प्रसारको नाममा जोडिएको सम्वन्ध हो ।

gajit-bista-and-ashishma-nakarmi

 केही समय अगाडी भ्यालेन्टाइनमा एक अनलाइनमा हट फोटोसुट गराएपछि यि जोडिको सम्वन्धले चर्चा पाएको हो । यि दुबै अभिनेता, अभिनेत्री एक–अर्काको बारेमा नजिकदेखी चिन्दछन् । यस्तै क्रममा यी दुइको जोडी मध्ये अभिनेता गजित विष्टलाई बागबजारको एक चिया पसलमा भेटियो । सोहि भेटको क्रममा अभिनेता गजित विष्टसंग अभिनेत्री आशिस्मा नकर्मीको बारेमा नकारात्क पक्षहरुको बारेमा कुराकानि गरिएको अंश :
१. जो संगपनि चाडै घुलमिल भइहाल्ने :– उहाको यो बानिले मेरो बिचारमा उहाँलाई नै धेरै असर परेको देखेको छु । सबैजना सँगको छिटै घुलमिल हुनाले नकारात्मक सोच भएका मानिसहरुका लागी गलत विचार बढ्न सक्छ ।
 २. आवश्यकता भन्दा बढि पैसा खर्च गर्ने बानि :– उहाँको यो बानिले गर्दा उहाँलाई परेको बेलामा उहाँले जस्तै अरुले हेल्प गर्न नसक्ला । जस्तो कुनै ठाउमा गयो भने, मनपरेको कुराहरु अडर गर्नुहुन्छ, तर उहालाई वास्ता हुन्न की आफ्नो खल्तिमा कित पैसा छ । फेरी सो अडर गरेको सामान उहाँलाई नलिइ हुदैन । यो कुराले उहालाई धेरै समस्या परेको देखेको छु ।
३. हत्तपत्त नाई भन्ने शब्द उहाँमा आउदैन :– जस्ले गर्दा एउटै समयमा धेरै काम गर्न परिरहेको हुन्छ । अनि कत्तिपय समयमा उहाँको नाई नभन्ने बानिले गर्दा कत्तिपय कामहरु छाड्न परेकोपनि देखेको छु ।
४. खाने कुरामा उहाँ कन्ट्रोल गर्न सक्नुहुन्न :– जसको कारणले गर्दा उहाँको कोककोला फिगर सधै कायम रहीरहन नसक्ला भन्ने पिर लाग्छ ।
५. मोवाइल, पर्सं लगायत समान म्याक्सिमम ठाँउमा छाड्ने :– जसको कारणले धेरै चोटि उहाँको सामान हराएको मलाई थाहा छ ।

add

प्रतिक्रिया