Bisal Chautari Logo

‘पिएम’ जोडीको ‘टाढा भएपनि’ले युट्युवमा राख्यो नयाँ रेकर्ड

- २ फाल्गुन २०७७, आईतवार १५:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ फागुन २ आइतवार । अभिनेता पल शाह र अभिनेत्री मलिका महत फिचर्ड म्युजिक भिडियो ‘टाढा भएपनी’ले युट्युवमा नया रेकर्ड कायम गरेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ रेकर्ड राखेको हो । २४ घन्टामा ९ लाख ७६ हजार ४९२ दर्शकले हेरिएको पहिलो म्युजिक भिडियो भएको छ ।

गीतले २४ घण्टा भित्र नै १० लाख भ्युज ल्याउन सफल यस गीतमा लाईक ७६ हजार प्लस छ भने कमेन्ट ७ हजार २ सय माथि आएको छ । फूल बुट्टे सारी जोडी पल मलिकाको यो दोस्रो म्युजिक भिडियो हो । यसभन्दा अघि फूल बुट्टे सारीले १८ दिनमा १ करोड भ्युज ल्याएर नेपालमा नयाँ रेकर्ड राखेको थियो ।
केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा अस्मिता अधिकारीको आवाज रहेको छ । उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । भिडियोलाई उज्वल जोशीले छायाङ्कन, सम्पादन र कलरिङ् गरेका हुन् । अब हेर्न बाकी पल र मलिकाकै फूल बुट्टे सारीले १८ दिनमा १ करोड भ्युज पाएको आफ्नै रेकर्ड ब्रेक गर्न सक्छ या सक्दैन ।

प्रतिक्रिया