Bisal Chautari Logo

अभिनेता पल शाह ३६५ भेन्टेज डेनिमको ब्राण्ड एम्बेस्डरमा नियुक्त

- १० माघ २०७७, शनिबार १२:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ माघ १० शनिबार । युवा स्टार चर्चित अभिनेता पल शाह ३६५ भेन्टेज डेनिम क्लोथिङको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । ३६५ भेन्टेज डेनिम ब्राण्ड र अभिनेता पल शाह बिच सम्झौता पत्रमा हस्ताक्षर गर्दै ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका हुन् । पलले आफ्नो अफिसियल फेसबुक पेजबाट पनि सो जानकारी दिएका छन् ।

३६५ क्लोथिङ ब्राण्ड एम्बेस्डरमा नियुक्त भएपछि कुरा गर्दै पलले भने ‘३६५ इन्टरनेशनल ब्राण्डसंग जोडिन पाउदा खुसि लागेको छ । मेरो साइडबाट १०० प्रतिशत दिनेछु ।’


त्यस्तै ३६५ नेपालका मालिक बिनोद श्रेष्ठले पनि चर्चित अभिनेता पल शाहसंग जोडिन पाउदा खुसि ब्याक्त गरे । श्रेष्ठले भने ‘३६५ को मुख्य विशेषता बजारमा आउने सामान भन्दा गुणस्तरिय र कम मुल्यमा हामिले दिन्छौ । अब हाम्रो ब्राण्डसंग पल जी जोडिदा अझ हाम्रा ग्राहकहरु विश्वास लिनुहुन्छ भन्ने लागेको छ ।’ ३६५ भेन्टेज डेनिम इन्टरनेशनल कपडाको ब्राण्ड हो ।

प्रतिक्रिया