Bisal Chautari Logo

आरबी सिर्जन र मेलिनाको स्वरमा “दिलमा फोटो” गीत रिलिज || नाजिर र उषाको रोमान्स

- १ माघ २०७७, बिहीबार १०:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार । 
छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन्।उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियोसार्वजनिक गरिएको छ।

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शव्द रचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ। भिडियोमा रेनिष फागोको
कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ।

भिडियो हेर्नुस् :-

भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन्। गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ।नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन्। उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन्।

BISALCHAUTARI TV

प्रतिक्रिया