Bisal Chautari Logo

सम्पूर्ण संगीत अधिकार उल्लंघनकर्तालाई नेप्सिनेको २१ दिने अल्टिमेटम

- १ माघ २०७७, बिहीबार ०८:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार ।
अन्तराष्ट्रिय कम्पनि नेप्सिनेले नेपाली गीत संगीतलाई बिना अनुमति विश्व बजारमा प्रयोग गरी कार्यक्रम आयोजना गर्ने आयोजक र प्रयोगकर्ताहरुलाई हाल सम्म प्रयोग गरिएका गीत संगीतको लाईसेन्सिंग को रोयल्टी रकम तिर्न र विवरण बुझाउन भनि २१ दिनको समय दिएको छ ।

अब यो मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत संगीत को प्रतिलिपि अधिकार उल्लंघन गरे बाफतको रोयल्टी रकम नेप्सिनेलाई बुझाउनु पर्ने छ अन्यथा उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी हालै सार्बजनिक नेप्सिनेको सूचना पत्रमा उल्लेख गरिएको छ ।

उक्त प्राप्त रकम नेप्सिनेले सम्बन्धित अधिकार वालालाई अत्याधुनिक प्रणाली द्वारा व्यक्तिगत खातामै जम्मा गर्ने ब्यबस्ता गरेको छ । नेपाल भित्र होस् या बाहिर देशमा नेपाली गीत संगीतको बिना अनुमति व्यापक प्रयोग गरी कार्यक्रम आयोजक हरुले मोटो रकम उठाई रहेको पाइएको छ ।

संसारभरी गायक र गायिकाले कार्यक्रममा प्रस्तुति दिदा होस् या कसैले गीत संगीतलाई व्यवसायिक प्रयोग गर्दा होस्, सबैले सम्बन्धित गीतको गीतकार, उत्पादक कम्पनि र संगीतकारबाट अनिबार्य अनुमति लिनु पर्ने प्राबधान रहेको छ । र अनुमति लिनका लागि निश्चित रकम दिनु पर्ने हुन्छ तर नेपालमा यो अभ्यास गरेको देखिन्न ।

नेप्सिने कम्पनि बिगत केही महिना देखि नेपाली र अन्य भाषाको गीत संगीतको व्यवस्थापन, वितरण र पब्लिशिंगको काम गर्दै आइरहेको छ । जसको कारण नेपाली सांगीतिक क्षेत्र र श्रष्टाहरु लाई ठुलो आर्थिक टेवा पुग्ने देखिन्छ । नेप्सिनेले नेपाली सांगीतिक क्षेत्रको मुहार फेर्ने र सम्पूर्ण श्रष्टाहरु र संगीत धनीको हक अधिकार सुनिश्चित बनाउने युगान्तकारी अभियानमा अघि बढेको छ । हाल सम्म करिब १०० को हाराहारीमा गीतकार संगीतकार र म्युजिक कम्पनिहरुसंग सम्झौता गरी करिब ५० हजार भन्दा बढीको नेपाली गीतको व्यवस्थापन, वितरण र पब्लिशिंगको अधिकार नेप्सिनेले लिएको छ ।

प्रतिक्रिया