Bisal Chautari Logo

द भ्वाइस अफ नेपालका निर्णायक चयन

- १ माघ २०७७, बिहीबार ०५:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार ।
यतिबेला डिजिटल रूपमै प्रारम्भिक चरणको भर्चुअल अडिसन भइरहेको गायनसम्बन्धी रियालिटी सो द भ्वाइस अफ नेपालका कोचहरू चयन भएका छन् । दोस्रो शृंखलाका चार निर्णायकमध्ये गायिका आस्था राउतले यो तेस्रो शृंखलामा कोचको जिम्मेवारी त्यागेकी छन् । आफूले कोचका लागि समय दिन नसक्ने भन्दै उनी यो कार्यक्रमबाट बाहिरिएकी हुन् ।

यो रियालिटी सोको दोस्रो शृंखलाका बाँकी तीन कोचहरू अग्रज गायक दीप श्रेष्ठ, गायकहरू प्रमोद खरेल र राजु लामा यसपटक पनि कोचको रूपमा चयन भएका छन् । आयोजक संस्था हिमालय टेलिभिजनले बुधबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै ती तीनजना कोच अबको नयाँ शृंखलामा पनि चयन भएको जनाएको छ । अघिल्लो शृंखलाबाट बाहिरिएकी कोच आस्था राउतको ठाउँमा गायिका तिर्सना गुरुङलाई चयन गरिएको सो टिभीका सीईओ श्याम कँडेलले पत्रकार भेटघाटका क्रममा जानकारी गराए ।

प्रतिक्रिया