Bisal Chautari Logo

टिपरको ठक्करबाट किशोरको मृत्यु

- २८ पुष २०७७, मंगलवार ०९:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
मकवानपुर,२०७७ पौष २८ मंगलवार ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्प डाँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।१८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको हो। उनी सोही उपमहानगरपालिका–६ चौघडाका हुन्।

प्रदेश ३ – ०३ – ००१ प ४०२० नम्बरको उनी सवार मोटरसाइकललाई ना १ क ८३३३ नम्बरको टिपरले हिजो बेलुकी ठक्कर दिएको थियो।ठक्करबाट सोही ठाउँका १८ वर्षीय निरज राई घाइते भएका छन्।

उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया