Bisal Chautari Logo

घाइते अवस्थामा भेटिएको चरीबाघको मृत्यु

- २८ पुष २०७७, मंगलवार ०५:४० मा प्रकाशित


विशाल चौतारी समाचार
तनहुँ ,२०७७ पौष २८ मंगलवार ।
तनहुँमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु भएको छ ।  यही पुस २१ गते बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङब अवस्थामा चरीबाघ फेला परेको थियो । त्यसपछि डिभिजन वन कार्यालय उद्धार गरी उपचार थालिएको थियो ।

सोमबार उपचारका हिजो मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । बाघको खुट्टा र ढाडमा चोट थियो।

शुरुमा उद्धार गर्दा बिरालो वा चितुवाको बच्चा रहेको अनुमान गरिएको थियो । पछि अध्ययनको क्रममा दुर्भल वन्यजन्तु चरीबाघ भएको भएको थियो ।

तनहुँमा पहिलो पटक चरीबाद्ध फेला परेको सवडिभिजन कार्यालयका प्रमुख सुरेश भुजेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया