Bisal Chautari Logo

साँढे गोरुले हान्दा सप्तरीमा ८० वर्षीया वृद्धाको मृत्यु

- २८ पुष २०७७, मंगलवार ०४:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ पौष २८ मंगलवार ।
छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो।

सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो।

पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया