Bisal Chautari Logo

आज राष्ट्रिय सभामा प्रम ओलीले सम्बोधन गर्ने

- २६ पुष २०७७, आईतवार ०५:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७  पौष २६ आइतवार ।
आज राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रिय सभाको आजको  बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया