Bisal Chautari Logo

१५ मिनेटको फुटेज हेरेर, रोहित दुई सिनेमामा अनुबन्धित

- २२ फाल्गुन २०७०, बिहीबार ०३:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २१ फागुन ।
यस वर्षको नेपाली चलचित्र क्षेत्रमा निकै आसा गरिएको चलचित्र ‘तोरी लाहुरे’को प्रर्दशन हुन अझ केही दिन (फागुन २३) बाकि रहेपनि, यस चलचित्रका एक अभिनेता रोहित रुम्बा भने चलचित्रमा साइन गर्दामै व्यास्त रहेका छन् ।
केही दिन अगाडी अहिलेका चर्चित स्कृप्ट राइटर प्रदिप भारद्धाजले चलचित्र ‘तोरी लाहुरे’को १५ मिनेटको फुटेज हेरेर दुइ चलचित्रका लागी अभिनेता रोहितलाई अनुबन्धित गराएका हुन् ।

अभिनेता रोहितले चलचित्रको नाम नखुलाउने सर्तमा भने–‘चलचित्रबाट केही एड्भान्स रकमपनि हात पर्‍यो ।’ चलचित्र चल्न भन्दा अगाडी देखी नै अनुबन्धित हुन पाउदा धेरै खुसि लागेको अभिनेता रोहितले बताए । उनले बताए अनुसार जतिपनि मानिसहरुले चलचित्र हेर प्राय सबैजनाले चलचित्र तोरी लाहुरे टिम र आफ्नो विशेष रुपले अभिनय मनपराएका बताए ।
आफुलाई बच्चैदेखी नेपाली चलचित्र क्षेत्रमा केही गरौ भन्ने सोचले १२–१३ वर्षदेखी संर्घस गरीरहेका अभिनेता रोहित रुम्बाले बताए । २०५९ सालमा चलचित्र ‘द मार्सल आर्ट’बाट अभिनेता रुम्वाले चलचित्रमा डेब्यु गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा केहि गर्ने उद्देश्यले आएका अभिनेता रुम्बा मार्सल आर्टमा ब्लाक बेल्ट गरेका छन् । मार्सल आर्टको माध्ययमबाट चलचित्र क्षेत्रलाई केहि परिवर्तन गर्ने उद्देश्य अभिनेता रुम्वाले अहिलेपनि छोडेका छैनन् । भन्छन्–‘नेपाली चलचित्र क्षेत्रमा एक दिन न एक दिन मार्सल आर्ट सम्वन्धि चलचित्रलाई व्यावसायिक बनाउने छु ।’ यस्तै अभिनेता रोहित रुम्बा डान्समापनि आफुले नेपाली चलचित्र क्षेत्रलाई धेरै योगदान गर्न सक्ने ठोक्वा गरे । चलचित्रमा आउन भन्दा अगाडि डान्स गरीरहेको बताउने रुम्बाको डान्समा १४–१५ वर्षको अनुभव रहेको बताउछन् ।
चलचित्र ‘तोरी लाहुरे’मा आफुले विदेश जानलाई काठमाडौमा आएर गरिएको संर्घस र मेनपावरले पैसा खाएर फसेको युवाको भुमिकामा रहेको बताए । यस भुमिकामा आफुले न्यापुर्ण ढंगले अभिनय गरेकाले आफु चल्नेमा विस्वास रहेको अभिनेता रोहित रुम्बाले बताए ।

add

प्रतिक्रिया