Bisal Chautari Logo

घट्यो सुनको मूल्य

- २३ पुष २०७७, बिहीबार ०५:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ पौष २३ बिहिवार ।
नेपाली बजारमा (बिहीवार) आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज प्रतितोला छपावाला सुनको मूल्य तोलामा १३ सयले कमि भइ प्रतितोला ९५ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९४ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले कमि आएको छ । बुधवार चाँदीको मूल्य १ हजार ३ सय ४० रहेकोमा आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया