Bisal Chautari Logo

म्यानचेस्टर सिटीको ३ जनालाई कोरोना संक्रमण

- २३ पुष २०७७, बिहीबार ०५:४४ मा प्रकाशित


एजेन्सि । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सिटीले बुधवार खेलाडी र स्टाफ गरी ३ जनालाई कोरोना पुष्टि भएको बताएको छ ।

सिटीले गोलकिपर स्कट कार्सन र मिडफिल्डर कोल पाल्मेरलाई कोरोना पुष्टि भएको बताएको छ । कोरोना संक्रमित स्टाफको नाम भने सिटीले खुलाएको छैन ।

कोरोना देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेको बताईएको छ । काराबाओ कप (इएफएल) फुटबलको सेमिफाइनल खेल अघि सिटीका खेलाडीमा कोरोना देखिएको हो ।

प्रतिक्रिया