Bisal Chautari Logo

निशा दुई बंगाली सिनेमामा

- २२ फाल्गुन २०७०, बिहीबार ०४:२७ मा प्रकाशित


nisha-adhikari-bengali-movie
विशाल चौतारी समाचार
काठमाडौं, २२ फागुन ।
नेपाली चलचित्र क्षेत्रमा अहिलेकी ब्यास्त अभिनेत्री निशा अधिकारी बंगाली दुई चलचित्रमा देखिने भएकी छिन् । ‘गुड इभिनिङ काठमाडौं’ र ‘अन्डर द सेम स्काइ’ नामक बंगाली चलचित्र खेल्ने सम्झौता भएको अभिनेत्री अधिकारीले आफ्नो फेसबुक पेजबाट केही दिन अगाडी खुलाएकी थिइन् ।
केही समय अगाडी सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर चर्चामा रहेकी अभिनेत्री अधिकारीले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, ‘मोडिएको मेरो करिअरप्रति निकै नै उत्साहित छु । नेपाली फिल्म क्षेत्रको लागि यो कोसेढङगा सावित हुन सक्छ ।’
भर्खरै अभिनेता अर्पण थापाद्धरा निर्देशित ‘मुखौटा’ चलचित्रको छायाँकन सकाएर बसेकी अभिनेत्री निशा अधिकारी अभिनित पछिल्लो चलचित्र ‘भिमदत्त’ प्रदर्शनको क्रममा छ ।

add

प्रतिक्रिया