Bisal Chautari Logo

नेकपा ओली समुहले आज बृहत भेलाको आयोजना गर्ने

- १८ पुष २०७७, शनिबार ०५:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १८ शनिवार।
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एकले अर्कोलाई आरोप लगाउने क्रम जारी रहेके छ । त्यस्तै आफ्नो पक्ष बलियो देखाउन भेला र सम्मेलन गर्ने क्रमहरु पनि उत्तिकै बढेको छ । नेकपा ओली समुहले आज बृहत भेलाको आयोजना गर्ने भएको छ ।

काठमाडौं जिल्ला कमिटीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज दिउँसो १ बजे भेला गर्ने भएका हो ।

उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली सहित, गृहमन्त्री रामबहादुर थापा बादल, ईश्वर पोखरेल तथा कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ ।

प्रतिक्रिया