Bisal Chautari Logo

आजदेखि सुरु भयो टेलिकमको आईपी टिभी, यस्तो छ मूल्य र प्याकेज

- १७ पुष २०७७, शुक्रबार ०५:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  पौष १७ शुक्रवार ।
नेपाल टेलिकमले आजबाट आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।

हालसम्म टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो । अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।

तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, चाबहिल, छाउनी र गोंगबुमा उपलब्ध हुनेछ । यसैगरी पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्सालमा समेत यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपत्यका बाहिरको हकमा जहाँ जहाँ कम्पनीको फाइबर पुगेको छ, उक्त स्थानमा यो सेवा उपलब्ध हुनेछ । जसमा काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, घनकुटा, झापा, मोरङ, सुनसरी, डोटी, कैलाली, कन्चनपुर, धादिङ, बाँके, दाङका केही स्थानमा टेलिकमको फाइबर उपलब्ध रहेको छ ।

यसैगरी प्युठान, सुर्खेत, बागलुङ, कपिलबस्तु, कास्की, नवलपरासी, मुस्ताङ, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही र तनहुँमा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस, डेटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनटिटिभीका लागि ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ ।

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु सहित उपलब्ध भएको एनटिटिभी सेवा कम्पनीले प्रिमियम र बेसिक गरी दुई प्याकेज पनि विभिन्न प्याकेज उपलब्ध गराएको छ । जसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौट गर्न सक्नेछन् ।

यस्तो छ एनटीटिभीका प्याकेज
बेसिक प्याकेज (एक टिभी)

प्याकेज र समय अवधि १ महिना (रु‍‌‍.) ३ महिना (रु‍‌‍.) १ वर्ष (रु‍‌‍.)
15 mbps Internet+NTTV+Free Telephone 1,230 3,530 13,220
NTTV+Free Telephone 480 1,450 5,780
प्रिमियम प्याकेज (एक टिभी)

प्याकेज र समय अवधि १ महिना (रु‍‌‍.) ३ महिना (रु‍‌‍.) १ वर्ष (रु‍‌‍.)
15 mbps Internet+NTTV+Free Telephone 1,400 4,100 15,000
30 mbps Internet+NTTV+Free Telephone 1,750 5,000 18,100
40 mbps Internet+NTTV+Free Telephone 2,050 6,000 19,700
60 mbps Internet+NTTV+Free Telephone 2,450 7,200 24,500
NTTV+Free Telephone 800 2,350 8,300

एकभन्दा बढी टिभी भएको खण्डमा त्यसका लागि थप शुल्क लाग्ने टेलिकमले जनाएकाे छ । यदि तपाईं टिभी थप्न चाहानुहुन्छ भने यस्तो छ थप टेलिभिजनकाे शुल्क ।

प्याकेज १ महिना (रु‍‌‍.) ३ महिना (रु‍‌‍.) १ वर्ष (रु‍‌‍.)
बेसिक 226 678 2712
प्रिमियम 509 1449 4882

प्रतिक्रिया