Bisal Chautari Logo

रचना र निशानको स्वरमा ‘पारै मिलेन’ गीत रिलिज || पल र एलिशसंग दीपा दमान्ताको ठुम्का (भिडियो)

- १६ पुष २०७७, बिहीबार १५:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १६ बिहिबार । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा व्यस्तसंगै सफल्ताको स्वाद चाखिरहेकी गायिका रचना रिमाल र त्यस्तै ब्यास्त र सफल्ता पाइरहेका गायक निशान भट्टराईको स्वरमा नयाँ गीत रिलिज भएको छ ।
गत बुधबार रिलिज भएको ‘पारै मिलेन’ बोलको डान्सिङ प्याटर्नको गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत रहेको छ । गीतको अडियो निकै धमाकेदार बनेको छ ।
यस गीतको भिडियोलाई पछिल्लो समयका करोड क्लवका निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक बनेको छ । भिडियोमा लोकप्रिय अभिनेता पल शाह, एलिश राई र दीपा–दमान्ता श्रेष्ठको धमाकेदार नृत्य देख्न सकिन्छ । भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।
उत्सव दाहालले खिचेको भिडियोलाई सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो दामी टिभीको अफिसियल युटुव च्यानलबाट रिलिज गरिएको हो ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया