Bisal Chautari Logo

राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन

- १६ पुष २०७७, बिहीबार ०७:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं  ,२०७७  पौष १६ बिहिवार ।
राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।

प्रतिक्रिया