Bisal Chautari Logo

काठमाडौं उपत्यकामा थपिए ३९८ कोरोना संक्रमित

- १४ पुष २०७७, मंगलवार ११:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ पौष १४ मंगलवार ।
पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा मात्र हालसम्म ९६ हजार ७८५ जना संक्रमित भएका छन्, जसमध्ये ४६९ जनाको मृत्यु भएको छ भने ९३ हजार ३७४ सय जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म १५ हजार १६९ जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ भने १४ हजार ६५९ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा  हालसम्म ८ हजार ८२५ जना संक्रमित भएका छन् । जसमा १०० जनाको मृत्यु भएको छ भने ८ हजार ५६० जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ९४२, ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया