Bisal Chautari Logo

तोलामा ८०० ले घट्यो सुनको मूल्य

- १४ पुष २०७७, मंगलवार ०६:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ पौष १४ मंगलवार ।
सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ   मंगलबार ८०० रुपैंयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन  प्रतितोला ९४ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार छापावाला सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको भएको थियो । यस्तै, मंगलबार तेजाबी सुन  तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको भाउ पनि घटेको छ। सोमबार प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार एक हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया