Bisal Chautari Logo

सुनको मूल्य बढ्यो, तोलामा ९४ हजार ९०० पुग्यो

- १३ पुष २०७७, सोमबार ०५:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ पौष १३ सोमवार ।
नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया