Bisal Chautari Logo

भिडियोमा क्यारम त नि भन्दै राजेश हमाल

- ११ पुष २०७७, शनिबार ०५:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  पौष ११ शनिवार ।
 अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो व्यस्त देखिएको छ । यसैक्रममा उनले गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको गीत ‘क्यारम त नि…’को भिडियोमा अभिनय गरेका छन् । यो गीतको भिडियो शुक्रबार रिलिज भएको छ ।

सरोज गौतमको प्रस्तुति रहेको गीतको भिडियोमा अभिनेता हमालको साथमा प्रतिमा कँडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय रहेको छ । यसमा हमाल नृत्यप्रधान भूमिकामा छन् ।

भिडियो हेर्नुस् :-

गीतको शब्द र संगीत भीम बिसीको, एरेन्ज पुष्कर सुनवार र मिक्सिङ मास्टरिङ दीपकराज विश्वकर्माको रहेको छ ।
देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालको, सम्पादन विकास दाहालको रहेको छ । जसमा नृत्य निर्देशन राजाराम सिम्खडाको छ । गीतको भिडियो डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

गीत संग सम्बन्धित कुराकानी :-

प्रतिक्रिया