Bisal Chautari Logo

आठ महिना पछि हलेसी मन्दिर खुला, दर्शनार्थीको भिड

- १० पुष २०७७, शुक्रबार ०५:२० मा प्रकाशित


विशाल चौतारी समाचार
खोटाङ , २०७७ पौष १० शुक्रवार ।
नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि खुला गरीएको छ ।

आठ महिनादेखि बन्द भएको धार्मिकस्थल हलेसी प्रवेश खुला भएसँगै दर्शनार्थिको भिड लाग्न थालेको छ ।कोरोना महामारीका कारण गत चैत ८ गतेदेखि बन्द रहेको हलेसी प्रवेश खुला भएसँगै दर्शनार्र्थीहरुको भिड लागेको हो ।

स्वास्थ्य सुरक्षाको पालना गर्दे दर्शनार्थीको पूजाआजा नरोकिने गरी हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान रहेको मुख्य गुफा र बसाहा गुफा प्रवेशमा खुला गरेको हो ।

मुलुकका महत्वपूर्ण धार्मिक स्थल खुला गरेपछि नगरपालिकाले भक्तजनहरुलाई मन्दिर खुला गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो ।

मूल गेटबाट एक पटकमा १० जना दर्शनार्थीमात्र मन्दिरभित्र प्रवेश गराइने छ ।

भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने भएको छ ।

प्रतिक्रिया