Bisal Chautari Logo

सुनको मूल्य आज पनि बढ्यो

- १० पुष २०७७, शुक्रबार ०५:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १० शुक्रवार ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ सय रुपैंयाँले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । बुधबार ९ सयले घटेको थियो । विहिबार १ सयले बढेको सुन आज पनि १ सयले नै बढेको छ ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैंयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैंयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया