Bisal Chautari Logo

अन्टार्कटिकामा पनि पुग्यो कोरोना संक्रमण

- ८ पुष २०७७, बुधबार ०६:५४ मा प्रकाशित


एजेन्सि । अन्टार्कटिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको प्रायद्वीपमा खटिएका चिलीका सैनिकमा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। त्यहाँको बर्नार्डो ओ’हिगिन्स रिसर्च स्टेशनमा संक्रमणको ३६ वटा केस देखिएका छन्।

संक्रमितमध्य २६ जना सैनिक हुन् भने १० जना मर्मत कर्मचारी।

संक्रमित सबैलाई उपचारका लागि चिली बोलाइएको छ। केही दिन अघि चिलीको नौसेनाले रिसर्च सेन्टरमा सामान पुर्‍याउने जहाजका तीन कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको बताएका थिए।

यससँगै सातै महादेशमा कोरोना संक्रमण देखिएको छ।

सरहेंता अल्दिया नाम गरेको पानीजहाज २७ नोभेम्बरमा रिर्सच सेन्टर पुगेको थियो। १० डिसेम्बरमा उक्त जहाज चिली फर्किएको थियो।

चिलीको नौसेनाले अन्टार्कटिकामा गएका सबैको पीसीआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको दाबी गरेको छ। अन्टार्कटिकामा चिलीको ४ वटा बेस क्याम्प रहेको छ। ती क्याम्पहरु चिली सेनाद्वारा संचालित रहेको छ ।

प्रतिक्रिया