Bisal Chautari Logo

अभिनेत्री रकुललाई कोरोना संक्रमण

- ८ पुष २०७७, बुधबार ०६:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ८ बुधवार ।
बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण भएको छ । चलचित्र ‘मेडे’ को छायांकनमा रहेकी रकुलको कोरोना रिर्पोट पोजेटिभ आएको हो ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म सबैलाई जानकारी दिन चाहन्छु, मेरो कोरोना परीक्षण पोजेटिभ आएको छ । म अहिले क्वारिन्टिनमा छु । म स्वस्थ छु र राम्रोसँग आराम गर्ने छु ताकि म चाँडै छायांकनमा फर्किन सकुँ । मलाई भेट्ने सबैलाई आफ्नो पनि परीक्षण गराउन हुन अनुरोध गर्दछु । धन्यवाद र सुरक्षित रहनुहोस् ।”

अभिनेता अजय देवगनको महत्वकांक्षी निर्देशकीय चलचित्र ‘मेडे’मा रकुल अजय र अमिताभ बच्चनसँग काम गर्दैछिन् ।

रकुलअघि कोरोना भाइरसको चपेटामा अभिनेत्री कृति सेनन, नीतू कपुर, वरुण धवन, मलाइका अरोरा, अमिताभ बच्चनलगायत कलाकार पनि परिसकेका छन् ।

प्रतिक्रिया