Bisal Chautari Logo

हास्यकलाकार गाउँलेको, बाल्यकाल उट्पट्याङ, अहिले लाखौ दर्शकसंग

- २२ फाल्गुन २०७०, बिहीबार ०९:२३ मा प्रकाशित


kamal-gaule
ब्रेकर : हास्य कलाकार गाउँले अधिकासं समय उट्पट्याङ गरेरै विताउँने गरेका छन । तर अहिले उनको उट्पट्याङ स्कुले साथीभाइसँग होइन, हजारौ, लाखौ नेपाली दर्शकहरुसँग रहेको छ ।
उनी पुराना दिनहरुलाई सम्झदै भने–‘ त्यसपछि मलाई कलाकारीतामा आफु भित्र रहेको प्रतिभालाई झन उजागर गर्न मन लाग्यो ।’ व्यङ्ग्यात्मक प्रस्तुतीमा मात्रै होइन, मादल, बासुरी र सारङ्गी बजाउनपनि उत्तिकै अब्बल छन् कमल गाउँले । उनी भन्छन –‘सुरुसुरुमा दोहोरी साझमा मादल बजाउने पेसा गर्न लागे । २०६० सालमा राष्टिय मादल प्रतियोमा गाउँलेले सर्वोकृष्ट मादल बादककोपनि पुरस्कार जिते ।
रीता लामा
दाङ, २२ फागुन ।
राम्रा ब्याक्तिहरुको बाल्यकालमा गरेका काम तथा कार्यले धेरै प्रोत्साहन गरेको पाइन्छ । यस्तै हास्य कलाकारीताको विधामा सफल मानिएका एक हास्यकलाकार, कमल गाउँले । उनी स्कुल पढ्दा साथीभाइसँग सधै उट्पट्याङ् गर्थे, उसैगरी जिस्कने, अरुको नक्कलगर्ने बानी थियो । अहिले त्यही उट्पट्याङ गर्ने बानीले उनलाई चर्चित हास्यकलाकारको रुपमा चिनाएको छ ।
अहिले पनि हास्य कलाकार गाउँले अधिकासं समय उट्पट्याङ गरेरै विताउँने गरेका छन । तर अहिले उनको उट्पट्याङ स्कुले साथीभाइसँग होइन, हजारौ, लाखौ नेपाली दर्शकहरुसँग रहेको छ । उनले कुराकानिको क्रममा पहिलेको उट्पट्याङ स्कुले साथीसँग हुन्थ्यो, अहिले दर्शकसँग हुने बताए । उनले गम्भिर बन्दै भने ‘उट्पट्याङ रमाइलोको लागि होइन, समाजलाई सचेत बनाउन, देशको अवस्थाको विषयमा गम्भिर रुपले हुन्छ ।’
घोराही नगरपालिका ६ मसिना दाङ घर भएकागाउाले निरन्तर कलाकारिताको क्षेत्रमालागेको अहिले लगभग १३ बर्ष पुग्यो । २०५७ सालमा पहिलो पटक काठमान्डौमा पाइलो टेके देखिनै उनको कलाकारिता मौलाउन थालेको थियो । त्यहा उनले आफ्नो कलाका दर्शकलाई देखाउने अवसर पाएका थिए । ०५७ मा राष्टिय नाटक महोत्सवमा भाग लिन दाङमा गठन गरिएको नवयुग नाट्य समुहमार्फत काठमान्डौ गए । त्यहाँ उनले गरेको नाटक उत्कृष्ट भयो । त्यसलगत्तै रेडियो नेपालले आयोजना गरेको राष्टिय लोकदोहोरी प्रतियोगतामा भाग लिए । त्यहाँ पनि उनी सफल रहदै पुरस्कार पाएका थिए । उनी हास्य कलाकारीतामा मात्र होइन भ्वाइस टेस्टमापनि पास भए । अनि कला क्षेत्रमा उनको व्यवसायीक सुरुवात भयो । कला क्षेत्रमा उनको विस्तारै खोजि हुन थाल्यो । दुइचार जना नाम चलेका कलाकारसँग चिनचान भयो । चिनजाको क्रम बढ्दै जादा उनलाई कलाकारितामा लाग्न सजिलो भयो । उनी पुराना दिनहरुलाई सम्झदै भने–‘ त्यसपछि मलाई कलाकारीतामा आफु भित्र रहेको प्रतिभालाई झन उजागर गर्न मन लाग्यो ।’ व्यङ्ग्यात्मक प्रस्तुतीमा मात्रै होइन, मादल, बासुरी र सारङ्गी बजाउनपनि उत्तिकै अब्बल छन् कमल गाउँले । उनी भन्छन –‘सुरुसुरुमा दोहोरी साझमा मादल बजाउने पेसा गर्न लागे । २०६० सालमा राष्टिय मादल प्रतियोमा गाउँलेले सर्वोकृष्ट मादल बादककोपनि पुरस्कार जिते । त्यस पछि उनलाई मादल बजाउन भन्दै अन्य धेरै दोहोरी साझ, कला समुहबाट पनि प्रस्ताव आउन लाग्यो । उनी ति दिनहरु सम्झदै भन्छन –‘त्यही पुरस्कारको कारण मैले कामगर्दै आएको दोहोरी साझमा तलव पनि दोब्बर भएको थियो ।
त्यहीप्रतियोगिताको कारण काठमान्डौमा मलाई राम्रोसँग बाच्ने आधार बन्यो ।’ त्यसपछि उनीले साझ मादल बजाउने र विहान दिउसो अनियनको क्षेत्रमापनि कामगर्न लागे । फिल्म र टेलिभिजका सिरियलहरुमापनि खेल्न थाले । २०६१ तिर उनले दोहोरी गायिका शिला आलेको जडह्या पोइ दोहोरी गीतमा सकुन्तला र शिलाआलेसँग जड्ह्यामानिसको भुमिका निर्वाह गर्ने मौका पाए । सो पहिलो भिडियोका बारेमा बोल्दै उनले भने –‘त्यस म्युजिक भिडियो भुमिकामा मैले नेचुरल क्यारेक्टर दिए । त्यसपछि मलाई सबैले कलाकार भनेर चिन्न थाले ।’ त्यसपछि त उनलाई फ्यानहरुबाट एउटा उपाधि आउन थाल्यो चरित्र अभिनेताको भनेर । सो म्युजिक भिडियोको सफल्ताले उनलाई अभिनयको प्रस्ताव विस्तारै ओइरिन थालेको थियो ।’ जड्ह्याको भुमिकामा हालसम्म ४० बढी म्युजिक भिडियोमा उनले अभिनय गरिसकेका छन । उनले अभिनय गरेको भिडियो देश विदेशमा सर्वाधिक रुचाइएका पनि छन । हालसम्म उनले अभिनय गरेको ‘होर बाबुरामनया नेपालमा’ ‘बले दाइ’, ‘तेल राम्रो तोरीको’, ‘देउरालीको भट्टी पसल’, ‘गर्नु गऱ्यौ बलराम भैसी पालेर’ अत्यधिकचर्चित गीतहरु हुन । यीनै गीतले उनलाई नेपालीकला क्षेत्रमा अब्बल चरित्र कलाकारको रुपमा अगाडी ल्यायो । त्यस्तै चर्चित कलाकार हरिवंश आचार्यको साङ्गी रेटौला गीतले उनलाई थपचर्चाको शिखरमा पुर्‍यायो । उक्त गीतमा उनले गाइने दाइको जिवन्त अभिनय गरेका थिए ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने, तितो सत्य, ‘थोरै भए पुगिसरी’, ‘जीवनचक्र’, ‘आकांक्षा’ नामक लगायतका सन्देश मुलक टेलिसिरियलमा उनले लामो समयसम्म अभिनय गरे । तर नेपाल टेलिभिजनबाट प्रसारण हुने तितो सत्यले उनलाई  थप चचित बनायो । तितो सत्यमा उनले हास्य अभिनेत्री दिपाश्री निरौलाको जेठा दाइको भुमिका निर्वाह गरेका थिए । जुन भुमिका तितो सत्यमा एक मनपराइएको पात्र थियो । ठुलो पर्दाको करिव आधादर्जन नेपाली चलचित्रमापनि उनले आफ्नो उत्कृष्ट अभिनय दिइसकेका छन । ‘बलिदान’,‘बीर गणेशमान’, ‘खबरदार’,‘सुर्य चन्द्र’, ‘देवयानी’ ‘ढुकुटी’ लगायतका चलचित्रमा उनको अभिनय गरेका छन । जहाँ उनले हास्य व्यङ्ग्य भन्दापनि गम्भिर खालका विषय वस्तुलाई आफ्नो अभिनयमा देखिएका थिए । आफ्नो कलाकारीतालाई उनले नेपालमा मात्र होइन देश विदेशमा पुगेर समेत प्रस्तुत गरिसकेका छन ।
देश भित्र र बाहिर भए गरेका चर्चित घटना–क्रमलाई आफ्नो अभिनय र चोटिलो प्रस्तुती दिन सक्ने गाउँलेले हालसम्म १३ वटा गाइजात्रे क्यासेट बजारमा ल्याइ सकेका छन । लाखौको लगानी गरेर क्यासेट बजारमा ल्याएपनि, त्यहा भएका प्रस्तुती चर्चित बने पनि सोचे अनुसारको उपलब्धी नदिदा भने उनलाई दुख लागेको बताउँछन्  । उनि भन्छन् –‘ देशको कानुनै कारण हामी कलाकारहरु दुखिहुनु परेको छ, पिडित हुन परिरहेको छ ।’ नक्कली प्रतिलिपि निर्माणको विकास भएको गाउलले आरोप लगाए । कारबाही कसैलाई हुदैन, हाम्रो कला सुन्ने र हेर्ने धेरै छन, तर किन्ने कोही छैनन्, किन्ने दर्शक श्रोता भएपनि नेपालको कानुनले गर्दा पाइरेसी बढिरहेको छ । अब कलाकारको लागि दुइ छाक खाने बाटो भनेकै स्टेज प्रोग्रामभएको उनी बताउछन । भैरहने महोत्सवले कलाकारको साझ विहान धानेको गाउलको तर्क रहेको छ । बर्षमा दर्जनौ निर्माण हुने नेपाली फिल्मपनि दर्शकले हलमा गएर नहेर्ने, बाहिरै सिडिमा आयो भने मात्रै हेर्ने चलनको कारण नेपालीकलाले राम्रो बजार पाउन नसकेको उनको धारणा छ ।

add

प्रतिक्रिया