Bisal Chautari Logo

कोभिडविरुद्ध भारतले बनाएको खोपमा देखिएन साइड इफेक्ट

- २ पुष २०७७, बिहीबार ०५:१५ मा प्रकाशित


एजेन्सि ।  भारत बायोटेकले कोरोनाविरुद्ध बनाइरहेको खोपको पहिलो चरणको क्लिनिकल ट्रायलमा निकै राम्रो इम्युन रेस्पोन्स देखिएको छ ।

पहिलो चरणको परीक्षणमा सबै उमेरका मानिसमा कुनै पनि गम्भीर वा प्रतिकूल असर देखिएको छैन । मेडआरएक्सआईभीमा दाबी गरिएअनुसार, खोप सुरक्षित र प्रभावकारी छ ।

भारत बायोटेकको यो खोपको पहिलो चरणको परीक्षण सेप्टेम्बर महिनामा सकिएको थियो । त्यसको परिणाम अहिले सार्वजनिक गरिएको हो ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को सहायतामा भारत बायोटेकले विकसित गरेको स्वदेशी खोप कोभ्याक्सिनको पहिलो चरणको परीक्षणमा सकारात्मक परिणाम देखिएको हो ।

यस परीक्षणका लागि ११ वटा अस्पतालमा ३७५ स्वयंसेवीहरूलाई सहभागी गराइएको थियो । मेडआरएक्सआईभी पोर्टलमा उपलब्ध गराइएको परिणामअनुसार, खोपले एन्टीबडी तयार पारेको थियो । परीक्षणका क्रममा एक गम्भीर असर देखिएको भए पनि खोपका कारण असर नपरेको पाइयो ।

प्रतिक्रिया