Bisal Chautari Logo

तोलामा आठ सयले बढ्यो सुनको भाउ

- १ पुष २०७७, बुधबार ०६:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १ बुधवार ।
सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ ।

सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ ।

मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधबार १२ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया