Bisal Chautari Logo

काठमाडौंको चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

- ३० मंसिर २०७७, मंगलवार ०५:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर ३० मंगलवार ।
काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्।

घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया