Bisal Chautari Logo

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

- २९ मंसिर २०७७, सोमबार ०५:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडाैं, २०७७ मंसिर २९ सोमवार ।
सोमबार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँ पर्नेछ ।

सोही परिमाणको तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने आज पनि स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया