Bisal Chautari Logo

राज खम्बुले स्व. श्रीमतीको जन्मोत्सबमा अपाङ्ग बालबालिकाको लागी १ लाख २१ हजार सहयोग गरे

- २८ मंसिर २०७७, आईतवार १८:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २८ आइतबार । गायक तथा समाजसेवी राज खम्बुले आफ्नी स्व. श्रीमती अन्सु राईको ३२ औ जन्मोत्सबको अवसरमा उदाहरणिय काम गरेका छन् । संयुत्त अपाङ्ग एकता अवाज केन्द्रलाई राजले १ लाख २१ हजार रुपैया सहयोग गरेका छन् । सो रकम सामाजिक अभियान्ता पुन्य गौतमको हातबाट हस्तान्तरण गरेका छन् ।
स्व. अन्सु राई २ वर्ष अगाडी ३० वर्षको उमेरमा मस्तिष्कघातको कारणले बित्नु भएको थियो । स्व. अन्सु पेशाले नर्षसंगै कलाकारितामा पनि अगाडी थिइन् । उहाले विभिन्न नाटकसंगै धेरै गीतहरुमा कोरियोग्राफरको कामपनि गर्नुभएको थियो । राज र अन्सुको २ सन्तानहरु ९ वर्षका एलिएन्स र ४ वर्षकी अलुम्न छन् । छोरी अलुम्न १८ महिनाको हुदा बित्नु भएको थियो ।
गायक राज खम्बुले आफ्ना गीत–सृजनाहरुमा आफ्नी स्व. श्रीमतीका लागी समर्पित गर्ने गरेका छन् । खम्बुको धरै गीतहरु दर्शकमाझ लोकप्रिय बनिसकेका छन् ।

राज खम्बु र स्व. श्रीमती अन्सु राईसंग जोडिएका तस्बिरहरु हेर्नुहोस् :-

प्रतिक्रिया