Bisal Chautari Logo

नेकपा स्थायी कमिटीको बैठकस्थल बालुवाटार सारियो

- २८ मंसिर २०७७, आईतवार ०५:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७मंसिर २८ आइतवार ।
नेकपा स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ। नेकपा केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक अब प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको छ।

बैठक भने दिउँसो १ बजे नै बस्नेछ। यसअघि २१ मंसीरमा धुम्बाराहीमा बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिएनन्। आजको बैठकमा उनी सहभागी हुने बताइएको छ।

आज बिहान नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र  नेम्वाङ पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए। यसअघि स्थायी समिति सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि हिजो खुमलटार नै पुगेर उनीसँग भेट गरेका थिए।

 

प्रतिक्रिया