Bisal Chautari Logo

दाङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

- २८ मंसिर २०७७, आईतवार ०५:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
दाङ, २०७७मंसिर २८ आइतवार । 
दाङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका–६ की ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

मंसिर २६ मा कोरोना संक्रमण पुष्टि भएको ती महिलामा दमको समस्या भएको बताइएको छ।उपमहानगरमा अहिलेसम्म कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया