Bisal Chautari Logo

योमरीले पुर्यायो सन्तोषलाई मास्टरसेफको फाइनलमा

- २६ मंसिर २०७७, शुक्रबार ०५:१२ मा प्रकाशित


एजेन्सि ।  ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’मा नेपाली तथा नेवारी मौलिक परिकार ‘योमरी’ बनाएर सेफ सन्तोष साह फाइनल राउण्ड प्रवेश गरेका छन् । बिहीबार राति प्रशारित सेमिफाइनल राउण्डमा सेफ साहले नेपाली परिकार योमरी बनाएका थिए ।

सेमिफाइनल राउण्डमा अन्य चार प्रतिस्पर्धीभन्दा उत्कृष्ट प्रदर्शन गर्दै सन्तोष सिधै फाइनलमा पुगेका हुन् । अन्य तीन मध्येपनि प्रतिस्पर्धाबाट थप दुई जना फाइनलमा प्रवेश गरे । अर्काे समूहबाट थप तीन जना फाइनलमा प्रवेश गरेपछि डिसेम्बर १७ मा फाइनल प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा सन्तोषले योमरीसहित निर्णयकको आग्रहमा चिकेन चिल्ली, हट एण्ड सावर सुप, क्रिस्पी नुडल्स लगायतका परिकार बनाएका थिए ।

सिरहाका सन्तोष साह अन्तराष्ट्रिय मञ्चमा नेपाली परिकार चिनाउने भन्दै लागिपरेका छन् । कार्यक्रममै उनी निर्णायक सामु नेपाली परिकारको बयान गरिरहेका हुन्छन् । उनले मम, तरुल, बेथेको साग, भाङको अचार, मकैको रोटी लगाउतका नेपाली परिकार बीबीसी मास्टर सेफ प्रोफेसनल्समा बनाएर निर्णायकहरुलाई चखाइसकेका छन् ।

प्रतिक्रिया