Bisal Chautari Logo

‘मन बिनाको धन ३’ मा टंक र अशोकको आवाज सामाजिक विभेद विरुद्ध (भिडियो सहित)

- २५ मंसिर २०७७, बिहीबार १५:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २५ बिहिवार । नेपाली साङ्गीतिक क्षेत्रमा ‘मन बिनाको धन’ गीतको भावले छुट्टै पहिचान बोकेको छ । पहिलो श्रृंखलामा मन र धन माथी ब्याङ्ग्यत्मक प्रश्न थियो भने दोस्रो श्रृंखलामा बाबा–आमालाई समर्पित गरिएको थियो ।
‘मन बिनाको धन–३’ सम्म आउदा भने गीतबाटै पछिल्लो समयको नेपाली समाजलाई कडा रुपमा आवाज उठाएका छन्, टंकले । टंक र अशोकको आवाज सामाजिक विभेद विरुद्ध ‘मन बिनाको धन–३’ मा सुन्न सकिन्छ ।
‘मन बिनाको धन ३’ गीत आज २५ गते सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टंक र अशोक दर्जीको स्वर रहेको छ । ‘मन बिनाको धन ३’ गीतमा शब्द, संगीत, एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ टंककै रहेको छ ।

भिडियो हेर्नुस् :- 

टंककै निर्देशनमा बनेको भिडियोमा भुपेन्द्र तुम्वापेको छायाँकन रहेको छ । भिडियोमा टंक र अशोक फिचर्ड छन् ।

गीत संग सम्बन्धित कुराकानी :-

प्रतिक्रिया